Sujang

दिपायल सिलगढी नगरपालिका कार्य सम्पादन मूल्याकंनमा जिल्लाको पहिलो र प्रदेशकै चौथो स्थानमा

फाल्गुन १०, डोटी :राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको कार्य सम्पादन मूल्याकंनमा डोटीको दिपायल सिलगढी नगरपालिका जिल्लामै प्रथम स्थानमा देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले ४४.९७ अंक ल्याइ जिल्लामा पहिलो स्थान र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये चौथो स्थान प्राप्त गरेको सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए ।
उनलेे यस कार्यमा योगदान पुर्याउने नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारिहरु तथा सरोकारवालाहरु सबैमा सामाजिक संजाल फेसबुकमार्फत बधाइ तथा  धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि सबैको योगदान तथा सहयोगको अपेक्षा पनि गरेका छन् ।
त्यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा बडीकेदार गाउँपालिका ३७.३१ अङ्क प्राप्त गर्दै जिल्लाको दोस्रो स्थानमा रहेको छ ।
त्यसपछि आदर्श गाउँपालिकाले ३१.२८ अङ्क, के.आई.सिंह गाउँपालिकाले ३०.७१ अङ्क, जोरायल गाउँपालिकाले २६.०७, शिखर नगरपालिकाले २५.४९ अङ्क, पूर्वीचौकी गाउँपालिकाले २३.३२ अङ्क, बोगटान फूडसिल गाउँपालिकाले १७.७० अङ्क र सायल गाउँपालिकाले सबैभन्दा कम १५.४१ अङ्क मात्रै प्राप्त गरेको छ ।

सूदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये डडेल्धुराको अमरगढी नगरपालिका ४८.९९ अङ्क प्राप्त गरेर पहिलो, बझाङको छविस पाथीभारा गाउँपालिका ४६.८१ अङ्क प्राप्त गरेर दोस्रो र बझाङकै जयपृथ्वी नगरपालिका ४५.३२ अङ्क ल्याएर तेस्रो भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मुल्यांकनको नतिजा फाल्गुन ८ गते मंगलबार प्रकाशन गरेको हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.