गणेश मौनी,फागुन ६ डोटी:डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविर बाट १२ जनाले सेवा लिएका छन् ।
नेपाल परिवार नियोजन सघं कैलाली र स्वास्थ्य कार्यालय डोटीको संयुक्त आयोजनामा बोगटानमा सञ्चालन भएको शिविर मा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीले बताए ।
प्रमुख मलासीका अनुसार आइतबार बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चमराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविर फागुन ७ गते दुर्गामान्डौ स्वास्थ्य चौकी वायल, ८ गते आदर्श गाउँपालिकाको स्याउले र ९ गते जिल्ला अस्पताल डोटीमा सञ्चालन हुने बताए । शिविर मा महिलाहरूका लागि मिनील्याप र पुुरुषहरुका लागि भ्यासेक्टोमी सेवा उपलब्ध रहेको छ ।