Sujang

दिसिनपाको वडा नम्बर ६ सुदूरपश्चिमकै तेस्रो बालश्रम मुक्त वडा घोषणा

फागुन ०४ , सिलगढी : डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढी बालश्रम मुक्त वडा घोषणा भएको छ । शुक्रवार शैलेश्वरी मन्दिर प्राङ्गणमा एक कार्यक्रमका बिच बालश्रम मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख बाजी सिंह खड्काले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ बालश्रम मुक्त वडा भएको घोषणा गरेका हुन् । बालश्रम मुक्त वडा घोषणा हुनेमा यो वडा डोटी जिल्लाकै मात्र नभएर सुदूरपश्चिम प्रदेशका सात सय ३४ वडामध्ये तेस्रो वडा हो ।

पहिलो र दोस्रो वडाका रूपमा यसै नगरपालिकाको वडा नम्बर ५ र वडा नम्बर ८ लाई घोषणा गरिएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.