फागुन १ डोटी : आज २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा प्रत्येक फागुन १ गते दिवस मनाइन्छ । माओवादी केन्द्र डोटीले विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ ।
दिवसको अवसरमा मंगलबार बिहान जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको जिल्ला सचिव डबल बहादुर सिंहले जानकारी दिए । फलफूल वितरण सँगै बिरामीको स्वास्थ्य लाभको समेत कामना गरिएको छ । दिउँसो राजपुरमा रहेको सहिद स्मृति आवासीय माद्यामीक विद्यालयमा वक्तृत्वकलाको आयोजना समेत गरिएको सिंहले बताए ।
साँझ पिपल्ला बजारमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको थियो ।