Sujang

किसानलाई सबैले प्रोत्साहन गर्नुपर्छ : अधिकारी  

सरिता कठायत,डोटी : किसानलाई सबैले प्रोत्साहन गर्नुपर्ने कृषि अनुसन्धान निर्देशनालय भागेतडाका प्रमुख देवीप्रसाद अधिकारीले बताएका छन् ।

शुक्रवार कृषि अनुसन्धान निर्देशनालय भागेतडाको आयोजनामा मनाइएको कृषक दिवसका अवसरमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

कृषि अनुसन्धान निर्देशनालय पूजा गर्ने मन्दिर नभए पनि ज्ञान लिने मन्दिर भएको बताउँदै सबै किसानले ज्ञान लिएर कृषि खेतीलाई आधुनिक तरिकाले अगाडि बढाउन अनुरोध गरे ।
प्रमुख अधिकारीले हरेक बिउहरूको गुणस्तर छ या  छैनन् उपचार गरेर मात्रै बेर्नाहरू छर्नुपर्ने सहभागी  किसानलाई सुझाव दिए ।

किसानहरूलाई बाह्य अनुसन्धान गराएर परीक्षण गरी लगाएका  बालीनालीहरू र तरकारी खेतीमा आएको फरक पन देखाएर थप ज्ञान हुने कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी बताए ।

किसानलाई थप ज्ञानहरू प्रदान सधैँ साथमा रहेको बताउँदै  किसानहरूले आफ्नो बारीमा आएको समस्या बारेमा तत्काल जानकारी गराउन सबैमा अनुरोध गरे ।

किसान दिवसको उपलक्ष्यमा  डोटीको शिखर नगरपालिका २ कालागाड र वडा नं ८  तिलतालिका अगुवा कृषकहरूका साथै डडेलधुराको गन्यापधुरा ३ सकायलका कृषकहरूलाई  कृषि अनुसन्धान निर्देशनालय भागेतडामा गरिएको खेतीपाती र तरकारी खेतीको अनुगमन समेत गराएको थियो ।

लामो समय देखि  कृषि कार्यलाई निरन्तर रूपमा अगाडि बढाएको शिखर नगरपालिका २ कालागाडका अगुवा कृषक बम बहादुर कार्कीले बताए । कृषि अनुसन्धान निर्देशनालयका प्राविधिकहरूको साथ सहयोगले कृषि कार्यमा निक्कै सहयोग पुगेको उनले बताए ।

सहभागी कृषकहरूले निर्देशनालयबाट पाउने प्राविधिक ज्ञान सधैँ पाएको बताएका थिए ।

अनुगमनका क्रममा यसरी क्रमशः अनुगमन गराएको हो ।

अछामी गाईको संरक्षण

कृषि अनुसन्धान निर्देशनालय भागेतडमा अछामी गाई ( नौ मुठे ) गाईको नामले परिचित गाईहरूको संरक्षणका लागि पाल्ने गरेको पाएको छ । पछिल्लो समयमा नेपाल भरमै लोभ हुँदै गएको नौ मुठे गाईको जात निर्देशनालयले भने संरक्षणका लागि लामो समय यता पाल्दै आएको जानकारी गराउनु भएको थियो । अहिले निर्देशनालयमा २२ वटा गाई र गोरू  रहेका छन् ।

अहिलेको सिजनमा हुने गहुँहरूका विभिन्न जातका गहुँ र फरक फरक जातका बालीमा देखिएको फरकपनको व्याख्या साथै अनुगमनअनुगमनका क्रममा चैत महिनामा लगाउने धान बाली कसरी बेर्ना छर्ने भन्ने विषयमा कृषकलाई अनुगमन गराएको थियो । किसानहरूलाई  कृषि अनुसन्धान निर्देशनालयले परीक्षण गरेर लगाएका गहुँ खेती, आलु र चैतमा छर्ने धान बालीको अनुगमन गराएर  किसान दिवस मनाएको हो  ।

Salmuni
Leave A Reply

Your email address will not be published.