असोज ,८ गते ,सिलगढी – हिन्दुहरुको महानचाँड वडा दशै तथा दिपावलीको पावन अवसरमा डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता शुरु भएको छ ।
शनिबारदेखि भैरब प्रशाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिताको एक कार्यक्रमका बीच शुरु गरिएको हो ।
दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्काको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ , दिसिनपा उप प्रमुख कल्पना महर साउद, भैरब प्रसारद गणका गणपति जनमत कार्की , निबर्तमान दिसिनपा प्रमुख मन्जु मलासी , डोटी उद्योग बाणिज्य संघ अध्यक्ष मोहन कलेल , रास्ट्रिय भलिबलका केन्द्रिय सदस्य राज बहादुर खड्का लगायतको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो।
स्वागत मन्तब्य राख्दै दिपायल सिलगढी नगर पालिका -६ का वडा अध्यक्ष नरेश मलासीले खेलकुद बिकासमा ठुलो सहयोग पुग्ने छ। यसले रितिरिवाज, ब्यापार ब्यवसायमा समेत उल्लेख सहयोग हुने बताए ।
सुदुर पश्चिम स्तरीय फुटवल प्रतियोगितामा सात वटा टिमको सहभागिता रहेकोे छ ।
कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी रहेका छन् ।
खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टिमलाई एक लाख,द्धितिय हुनेलाई पचास हजार सहित ट्रफि प्रमाण पत्र प्रदान गरीने भैरब प्रशाद गणका गणपती जनमत बहादुर कार्की वताए ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँचसय रुपैयाँ,ट्रफि र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार रुपैयाँ , ट्रफि पुरस्कारको व्यवस्था गरीएको कार्किले जानकारी दिए ।
उनले भने,‘ प्रदेश स्तरिय फुटवल खेलले जिल्लाको कला ,संस्कृतिको पहिचान तथा फुटवल खेलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने छ । यहाँको हामस्टेको र्पद्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने छ ।’
सिलगढीको टुडिखेलमा भैरहेको पहिलो चरणको ३५ मिनेटको नकआउट खेल बाजुरा र कैलाली बीच शुरु भएको छ।