Sujang

सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको मिति सार्‍यो

माघ १८, धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको मिति सारेको छ । प्रदेश सरकारले अगामी फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ अर्को वर्ष गर्नेगरि सारिएको हो ।
लगानी तथा विकास सम्मेलन कार्यकारी समितिका संयोजक समेत रहेका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले १२ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी असोज २१ र २२ गते गर्नेगरि सम्मेलनको मिति सारिएको जानकारी दिए ।
लगानी तथा विकास सम्मेलन आयोजना गर्न आवश्यक तयारी नपुगेका कारण सार्ने निर्णय भएको मन्त्री शाहीले बताए ।
प्रदेश सरकारले सुदूरपश्चिममा लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने भन्दै मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्दै लगानी सम्मेलनको तयारी अघि बढाएको थियो ।
कार्यकारी समितिले सम्मेलनका लागि ५६ वटा परियोजनाको परिचान गरेको समेत जनाएको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.