Sujang

सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात

माघ १८, डोटी :सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपात भइरहेको छ ।

दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू-भागमा हिमपात भइरहेको जनाएको छ ।

डोटीको खप्तड क्षेत्र, झिग्राना, बगलेक, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको भत्काँडा, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जानकारी आएको छ ।

हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू-भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहेपनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ ।

यद्यपि निरन्तर हिमपात भएको खण्डमा भने राजमार्ग अवरुद्ध हुने सम्भावना रहेको छ । धर्तीको स्वर्ग भनेर चिनिने खप्तड क्षेत्रमा समेत हिमपात भइरहेको छ । खप्तड क्षेत्रमा बिहान नै तीन फिटसम्म हिउँ परेको छ । खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको छ ।

सुदूरपश्चिम प्रदेशमा यो हिउँदमा पहिलो पटक वर्षा र हिमपात भएको हो । पहाडी जिल्लामा हिमपात र वर्षा भएपछि हिउँदे बाली सप्रिने भन्दै किसानहरु भने खुसी भएका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.