Sujang

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दिसिनपालाई

Ban

प्रकाश बम,माघ १६ गते ,डोटी : चौधौँ  जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि दिपायल सिलगढी नगरपालिकाले जितेको छ।

जिल्ला खेलकुद विकास समिति डोटीको आयोजनामा दिपायलमा मङ्गलवर सम्पन्न प्रतियोगितामा २२ स्वर्ण, ७ रजत, २ कास्य पदक हात पार्दै दिपायल सिलगढी नगरपालिका प्रथम हुन सफल भएको हो।

Posan

त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, १३ रजत र ८ कास्य पदकसहित जोरायल गाउँपालिका दोस्रो र ८ स्वर्ण, ६ रजत र १ कास्य पदक सहित आदर्श  गाउँपालिका तेस्रो हुन सफल भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकालाई  ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

Krishi

लगातार  विजेता बन्न सफल दिपायल सिलगढी नगरपालिकाले फेरि रनिङ शिल्ड प्राप्त गर्न सफल भएको  छ। प्रतियोगितामा जिल्लाका ९ वटा पालिकामा सम्पन्न विद्यालय तह स्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह ,दिपायल सिलगढी नगरपालिका नगर प्रमुख  बाजि  सिंह खड्का ‘विजय’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश शाही  लगायतले  पदक विजेता खेलाडी र उपाधि विजेता पालिकालाई पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स , तेक्वान्दो र कतारे विधामा  प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूमध्येबाट  प्रदेशस्तरीय राष्ट्रपति कपमा लगिने  जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.