Sujang

आफै एम्बुलेन्स चलाएर सेवा दिँदै वडा अध्यक्ष खड्का 

माघ १४, डोटी: दिपायल सिलगढी नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र खड्का बिरामी लिएर माया मेट्रो अस्पताल धनगढी पुगेका छन् । राजपुरबाट एक बालकलाई लिएर वडा अध्यक्ष खड्का स्वयं एम्बुलेन्स चलाएर धनगढी पुगेका हुन् ।

चालक तालिममा गएको हुँदा वडा अध्यक्ष खड्का आफैँले एम्बुलेन्स चलायर धनगढी पुगेका हुन् । करिब ३ महिनाको बच्चाको महाकाली मेडिकल राजपुरमा उपचार सम्भव नभएपछि माया मेट्रो अस्पताल लगेको अध्यक्ष खड्काले बताए । बच्चामा कडा खालको निमोनियाले गर्दा श्वास प्रश्वासमा समस्या भएको थियो ।

वडामा अबिभावक भएको महसुस भएको बिरामीका आफन्त तुलाराम भुलले बताए । उनले भने,’एक्कासी बच्चालाई समस्या भएर बाहिर लैजानु पर्ने भएकोले वडा अध्यक्षलाई समस्या सुनाए । उहाँ आफैं एम्बुलेन्स चलायर अस्पताल पुग्नु भयो । उहाँले समयमा नै हामीलाई धनगढी अस्पतालमा पुगाएर सेवा दिन सहयोग गर्नु भएकोमा धन्यवाद दिनचाहन्छु। उहाँ जस्तै  जनताको जनप्रतिनिधि हुनुपर्छ ।’

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.