
असोज ७ गते डोटी-प्रथम पालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारी सद्भावना पुरुष फुटबल प्रतियोगिताको उपाधि शिखर नगर नगरपालिकाको पोल्टामा परेको छ ।
दुबै टिम बराबरीमा पुगे संगै पेनाल्टी सुट आउटमा दिपायल सिलगढी नगरपालिकालाई शुक्रवार १–० गोल गर्दै शिखर नगरपालिकाले उपाधिमाथि कब्जा जमाएको हो ।
यसअघि भएको पहिलो लिग खेलमा जोरायल गाउँपालिकालाई ५–० गोल गरी शिखर नगर पालिका फाइनलमा पुगेको थियो । दोस्रो लिग खेलमा जोरायल गाउपलिकालाई ३–१ गोलले पराजित गरी आयोजक दिपायल सिलगढी नगरपालिका फाइनलमा पुगेका थिए ।
प्रतियोगिताको उपाधि विजेता टिम शिखर नगरपालिकाले नगद ४० हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र हात पार्र्याे । आयोजक उपविजेता दिपायल सिलगढी नगरपालिकाको टिमले नगद २५ हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै पालिका स्तरीय फुटबल खेलमा सर्बाधिक गोलकर्ता पुष्कर भट्ट भएका थिए । त्यस्तै उत्कृष्ट गोलकिपर राजेश मलासी र सर्बोत्कृष्ट खेलाडी शेष नगरकाेटि भएका थिए । तिनै जनालाई प्रमाणपत्र ,मेडल प्रदान गरिएको थियो ।
फुटबल खेलमा सहभागी टिम,रेफ्रि तथा सहयोगीलाई प्रमाणपत्र पत्र प्रदान गरिएको थियो ।
असोज ५ गतेदेखि सिलगढीको टुँडिखेलमा सञ्चालन गरिएको पालिका स्तरीय पुरुष फुटबल प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको थियो ।
दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र आदर्श गाउँपालिका ,डोटी बहुमुखी क्याम्पस, उद्योग वाणिज्य संघ, बैंकर्स तथा स्वास्थ्यकर्मीहरूको टिम सहभागिता रहेको थियो ।
नगर प्रमुख बाजी सिं खड्काले अहिलेका बालबालिकाका भविष्यका खेलाडी हुन् भन्दै एक फुटबल प्रदान गरेका थिए ।
खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेकोे जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह बताएका छन् ।
पालिका स्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सिंहले शारीरिक विकासका लागि खेलको निक्कै महत्व रहेकोे बताउँदै खेलले सद्भावना समेत कायम राख्ने बताए । शिक्षा संगै खेलकुद क्षेत्रलाई पनि अगाडि वडाउनु पर्नेमा उनले जोड दिए।
कार्यक्रमको समापन गर्ने क्रममा बोल्दै नगर प्रमुख खड्काले यस्ता कार्यक्रमले खेलाडीहरुको बिकास साथै सुनसान रहेको ब्यापारी केन्द्र सिलगढी बजारमा व्यापार व्यवसायमा समेत वृद्धि हुने बताए । खेलाडीहरुको मनोभावनाको सदै कदर गर्दै आएको बताउदै सुदुर पश्चिम प्रदेशको धनगढीमा भएको नबौं रास्ट्रपति रनिङ सिल्ड भलिबल प्रतियोगितामा प्रथम हुने डोटीको टिमलाई नगरले नगद रु ५१ हजार दिने खड्काले बताए ।