Sujang

डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते   

माघ १३, डोटी : डोटीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । शनिवार दिउँसो करिब १ बजेतिर चितुवाले आक्रमण गर्दा पुर्वीचौकी गाउँपालिका-५ काँडामाण्डौ की ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको हो । चितुवाले उनको खुट्टाको घुँडा भन्दा मुनी टोकेको छ । घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचार पछि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.