Sujang

जन्म दिनमा जोशीद्वारा स्व.पन्तको स्मृतिमा अक्षय कोष स्थापना गर्न पच्चीस हजार सहयोग

Ban

प्रकाश बम,माघ ११ गते ,डोटी :सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले आफ्नो जन्म दिनको अवसरमा सामुदायिक विकास केन्द्र डोटीका संस्थापक अध्यक्ष स्व. हरि प्रसाद पन्त स्मृतिमा अक्षयको सुरुवात गर्नु भएको छ।

Posan

अध्यक्ष जोशीले जन्मदिनको अवसरमा बुधबार स्व. पन्तको स्मृतिमा स्थापानार्थ पच्चीस हजार कोषमा जम्मा गरेर सुरुवात गरेका हुन् ।

स्वर्गीय पन्तले सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेको कार्यको उच्च मूल्याकंन गर्दै उनको सम्झनामा अक्षय कोष स्थापन गर्न लागेको जोशीले बताए ।

उनले भने,’ कोषमा दैनिक हुने अनावश्यक खर्च  घटाएर  सहयोग गर्नेछु। बर्ष पिच्छे उत्सब तथा दिवसमा सहयोग थप्दै जानेछु। अन्य सहयोगि सामाजिक संघ संस्था तथा दाताहरूबाट पनि सहयोगको लागि आह्वान गर्न चाहन्छु ।’

Krishi

सामुदायिक बिकास केन्द्रमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुले पनि यो अभियानमा पुर्ण सहयोग गर्नेमा आफू बिश्वत रहेको उनले बताए ।

अक्षयकोष स्थापना पश्चात राष्ट्रिय स्तर, प्रदेश स्तर  जिल्ला अनि बिद्यालय स्तरमा सार्बजनिक शिक्षालाई राम्रो गर्न योगदान गर्ने शिक्षक, एस .ई ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी,ब्यबस्थापन समिती, सामाजिक संस्था, ब्यक्तीलाई पुरस्कृत तथा सम्मान गरि अन्यलाई पनि सरकारी शिक्षा राम्रो बनाउन उत्साहित गर्ने  जोशीले बताए ।

स्व. पन्तले २०३२ सालमा परोपकार दान विभाग नामक सामाजिक संस्थाको स्थापना गरेका थिए ।
स्वर्गीय पन्त गणेश मावि जैनली र सीताराम क्याम्पसका संस्थापक अध्यक्ष पनि हुन् ।

स्व. पन्तले २०४९ सालमा  गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र (सीडीसी) स्थापना गर्नुका साथै  दर्जनौँ सङ्घ संस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय रहेका थिए ।

स्वर्गीय समाज सेवी पन्तको श्वासप्रश्वासमा समस्याका कारण २०७९ साल जेठ १० गतेका दिन धनगढीमा उपचारका क्रममा निधन भएको थियो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.