Sujang

दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

माघ ७ गते ,दार्चुला : दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । महाकाली नगरपालिका–१ दहका २४ वर्षीय उमेश कुवरले आइतबार दिउँसो १२ बजेतिर डिउटिमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भाग र गर्धनमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । यस्तै प्रहरी हवल्दार खड्काको शरीरको पछाडीपट्टिको भागमा चोट रहेको छ ।
उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदिले प्रहरीमा निबेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निबेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले बताइएको छ ।
चक्कु प्रहार गरेर कुवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोलि परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.