Sujang

कंगोमा ज्यान गुमाएका डोटीका सुरेशको परिवारलाई एनआरएनएबाट साढे २६ लाख सहयोग

माघ ६ गते :गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका सिलसिलामा कंगोमा ज्यान गुमाएका डोटी आदर्श गाउँपालिका– ६ का सुरेश सिल्लाको परिवारलाई साढे २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले शनिबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित समारोहमा पीडित परिवारलाई २६ लाख ६१ हजार ९२० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

चारमहिने नाबालक खगेन्द्रसहित उपस्थित सिल्लाकी पत्नी राजु सिल्ला, पिता पदमबहादुर सिल्ला, दाजु वीरेन्द्रसिंह सिल्ला, ठूलो बुवा धनबहादुर सिल्ला र आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले एनआरएनए अध्यक्ष केसीसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीबाट चेक बुझेका थिए।

परिवारलाई हस्तान्तरण गरिएको रकम राष्ट्रिय समन्वय परिषद् कंगोले संकलन गरेको थियो। एनआरएनए कंगोका अध्यक्ष विष्णु गिरीले सहयोग जुटाउन नेतृत्व गरेका थिए।

एनआरएनए मसचिव गौरीराज जोशीका अनुसार हस्तान्तरण गरिएको रकममध्ये ४० प्रतिशत हिस्सा नाबालक छोराको लागि, ३० प्रतिशत श्रीमती र ३० प्रतिशत बुवा–आमाको खर्चका लागि सहयोग गरिएको हो।

सिल्लाको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. केसीले यो दुःखको घडीमा एनआरएनले थोरै भए पनि मलम लगाउने प्रयास गरेको बताए।

श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भए पनि त्यो वातावरण नरहेको अध्यक्ष केसीको भनाइ थियो। ‘धेरैले स्वीकृति लिएर जानुभएको छैन। किनभने बाहिर निस्किँदा एयरपोर्टमै सेटिङ गर्नुपर्छ। कागजहरू हुँदाहुँदै पनि सेटिङ भएन भने ४०–५० हजारदेखि १–२ लाखसम्म दिएन भने त्यो ठाउँमा जानै पाइँदैन। अफ्रिकाको कथा यही छ। कंगोको कथा यही छ।’

Salmuni
Leave A Reply

Your email address will not be published.