Sujang

जोरायलमा २ सय ८३ जना बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

गणेश मौनी,माघ ६ डोटी:डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा २ सय ८३ जना बिद्यार्थिहरुलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ युनिभर्सिटी टिचर्स लायन्स क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ डाउन टाउन, लायन उद्भव सिलवाल र लायन कपिल बस्नेत को सहयोगमा जोरायल गाउँपालिकाका दुई विद्यालयका बिद्यार्थिहरुलाई सहयोग गरेको लायन्स क्लब अफ काठमाडौँ युनिभर्सिटी टिचर्सका चार्टड प्रेसिडेन्ट डबल बहादुर बोहराले बताए ।
चिसो मौसमको समयमा बिद्यार्थिहरुलाई केही राहत पुग्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगोस् भन्ने हेतुले शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको चार्टड प्रेसिडेन्ट बोहराले बताए ।
जोरायल गाउँपालिका वडा नम्बर ६ अन्तरगत रहेको केदार माध्यमिक विद्यालयका २ सय ५३ जना र भगवती आधारभूत विद्यालयका ३० वटा जना गरी २ सय ८३ जनालाई सामाग्री वितरण गरेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.