Sujang

निजी क्षेत्रको बजेटमैत्री नीति सरकारको प्राथमिकतामा छ -अर्थमन्त्री शर्मा

Ban
असोज ७ गते धनगढी- निजी क्षेत्र बजेटमैत्री नीतिलाई सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
शुक्रवार धनगढीमा कैलाली उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री शर्माले यस्तो बताउँदै ब्याजदर, महँगी लगायतका विषयमा चाडै निष्कर्षमा पुगिने बताएका हुन् ।
ब्याजदर, हुन्डी कारोबार, महँगी नियन्त्रण लगायतका विषयमा बृहत् छलफल गर्न आइतबार सरोकारवाला सबैलाई बोलाइएको उनले बताए । उनले भने,‘बजेटमै दुई दर समेटिएको छ । अर्थतन्त्रका सुचांक सुधारात्मक रहेको छ ।’
उद्योग वाणिज्य संघले उठाएको मागलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै उहाँले बजार अनुगमन स्वाभाविक भए पनि उधोगी ब्यवासायीलाई दुख दिने नियत राख्न हुँदैन भने ।
त्यस क्रममा मन्त्री शर्मासमक्ष कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले चर्को ब्याजदर, महँगी, अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुख दिने जस्ता कार्यले व्यापार व्यवसाय धरापमा पर्न सक्ने जोखिम रहेकाले छिट्टै समस्याको समाधान गरिदिन लगायतका माग समेटिएको ज्ञापन पत्र बुझाएका थिए ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.