Sujang

दिसिनपा स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधी पप माबीलाई

पुष २८ डोटी :डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

शनिबार  सम्पन्न भएको प्रतियोगिताको उपाधी पदम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीले हात पारेको छ ।

प्रतियोगितामा सुजङ बोडिङ्ग स्कुल  राजपुर दोस्रो र सहिद स्मृति आवासीय राजपुर तेस्रो स्थान प्राप्त गरेका छन् । दिल्पेश्वर उमावि दिपायल  सान्त्वना (चौथो) स्थान प्राप्त गरेको कार्यक्रमका उद्घोषक  इन्द्र कुन्जेडाले बताउनुभयो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै नगरप्रमुख बाजि सिं खड्का ‘विजय’ले अनुशासनपुर्वक खेल खेलेकोमा खेलाडी र व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष नरेश मलासिले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १६ वटा बिद्यालयको सहभागिता रहेकोे थियो ।

कुन बिद्यालयले कति पदक जिते हेर्नुहोस् ।

Salmuni
Leave A Reply

Your email address will not be published.