Sujang

नगर प्रमुख जोशीको सहभागितामा तटबन्ध निर्माण कार्य सुरु

असोज ,७-डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । केही दिन अगाडी अविरल वर्षापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमल खेतमा ठुलो क्षति भएको थियो ।
तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए ।
नगर प्रमुख जोशीसहितका स्थानीय श्रमदानमा सक्रिय छन् ।
तत्कालका लागि समाधान खोज्ने र दीर्घकालीन योजना बनाएर कटान नियन्त्रणका कदम चालिने जोशीले बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.