Sujang

पश्चिम सेती जलविद्युत परियोजना निर्माण स्थलको मुख्यमन्त्री शाहद्वारा स्थलगत निरीक्षण

पुस २० गते ,डोटी: सुदूरपश्चिम प्रदेशमा ७५० मेघावाट बिद्युत्त  उत्पादन हुने पश्चिम सेती जलविद्युत परियोजना निर्माण स्थलको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थलगत निरीक्षण गर्नु भएको छ।

शुक्रवार मुख्यमन्त्री शाहले  पश्चिम सेती जलविद्युत परियोजना निर्माण स्थलको अनुगमन गर्नु भएको हो ।                  मुख्यमन्त्री शाह सहित प्रदेश सभा सदस्य माननीय विक्रम सिंह धामी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि प्रसाद लम्साल ,नगर प्रमुख दीर्घ बलायर लगायतको टोलीले स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षणका पश्चात् पश्चिम सेती जलविद्युत परियोजनाका निर्माण कम्पनी एनएचपिसि (NHPC) का परियोजना महाप्रबन्धक प्रकाश चन्द उपाध्याय सँग कुराकानी गर्नुका साथै  परियोजनालाई छिटो  सम्पन्न गर्नका लागि मुख्य मन्त्री शाहले निर्देशन गरे ।
सोही अवसरमा मुख्यमन्त्री शाहले राता पड, लुवाखडि,सुरुङको काम सुरुवात गर्नका लागि पहिलो चरणको माटो परीक्षण गर्ने ठाउँको स्थलगत निरीक्षण गर्नु भएको छ । सोही क्रममा  बिधिवत  ढङ्गले माटो परीक्षण गर्ने कार्यको सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री शाहले उद्घाटन गर्नुभएको छ।

उक्त  परियोजना लगानी बोर्डबाट समेत स्वीकृति भई आएकोले लामो समय देखि निर्माण हुने आशामा रहेका सुदूर पश्चिम बासीको सपना चाडै पूरा हुने र यसले यहाँको आर्थिक, सामाजिक र रोजगारी र विकासमा गेमचेन्जर परियोजनाका रूपमा महत्त्वपूर्ण हुने परियोजनाका महाप्रबन्धक उपाध्यायले बताए  ।

Salmuni
Leave A Reply

Your email address will not be published.