Sujang

क्यान्सर पीडित ओझाको उपचारमा सहयोगका लागि परिवारको अपिल

प्रकाश बम,पुस १९ ,डोटी :ब्लड क्यान्सरबाट पीडितको उपचारमा समस्या भएपछि परिवारले सहयोग लागि अपिल गरेको छ ।

डोटीको आदर्श गाउँपालिका -२ बाहुनकाँडा  बस्ने २२ बर्षिया पार्वती ओझाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारले सहयोगको लागि अपिल गरेको हो ।
क्यान्सरबाट पीडित ओझाको अहिले भारतको चण्डीगणमा रहेको पिजिआई अस्पतालमा उपचार भइरहेको उनका बुवा कालुराम ओझाले बताए ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको  उपचारमा समस्या भएको पीडितका बुवा ओझाले बताए ।
उनले भने ,‘ परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्था छैन । आफू सँग भएको रकम धनगढी र काठमाण्डाैमा उपचारमा सकियो । उपचारमा अझै ७/८ लाख भारु लाग्ने अस्पतालले भन्दै छ ।अझै पैसाको ठुलो आवश्यकता छ । आफ्नै छोरी , बहिनी सम्झेर उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।’

देश विदेशमा रहेका मनकारी व्यक्ति तथा संघसस्थालाई सहयोग गरेर छोरीको ज्यान जोगाइ दिन सबैमा उनले अनुरोध गरे।

थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग लागि अभियान सञ्चालन गरेको पीडितका आफन्त विजयराज ओझाले बताए ।
उहाँलाई सहयोग गर्न चाहनेले मोबाइल नम्बर,९८४८४३४६८७ मा सम्पर्क गर्न सक्नेछन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.