Sujang

डोटीको पुर्विचौकिमा एक घरमा आगलागी हुँदा तिन लाख बराबरको क्षति

पुस १९ गते डोटी :डोटीको पुर्विचौकि गाउँपालिका वडा नं ७ गजडाको एक घरमा आगलागी भएको छ ।
बुधवार गजडाका प्रेम दमाइको घरमा दिउँसो  २ बजेतिर आगलागी भएको हो ।आगलागी बाट पुरै घर जलेर नष्ट भएको सानागाउ प्रहरीले जनाएको छ। आगलागीबाट घरमा रहेको नगद १ लाख ८० हजार सहित अन्न,लुगा कपडा ,भाडा कुँडा र धनमाल जलेर नष्ट भएको वडा नं७ का वडा अध्यक्ष प्रेम खड्काले बताए ।
खरले छाएको घर भएकाले आगो पूर्ण रूपमा नियन्त्रण गर्न नसके पनि स्थानीयको सहयोगमा आधा घण्टा पछि आगो नियन्त्रणमा लिएको सानागाउ प्रहरीले बताएको छ । घर जलेर बस्न नमिल्ने भए पछि पीडित छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.