Sujang

डोटी जेसिज बर्ष २०२४ को अध्यक्षमा कठायत

पुस १६,डोटी :डोटी जेसिज बर्ष २०२४ को अध्यक्षमा रोसन कठायत सर्बसम्मत चयन भएका छन् । आइतवार दिपायलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट कठायतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

डोटी जेसिजको कार्यकारी उपाध्यक्षमा किरण बिष्ट र भरत कठायत चयन भएका छन । त्यस्तै उपध्यक्षमा नरेश भण्डारी, पवन महरा, टेक राज उपाध्याय र सुरेन्द्र कुँवर चयन भएका हुन ।

महासचिवमा प्रविन उपाध्याय, कानुनी सल्लाहकारमा दिल्ली राज जोशी, कोषाध्यक्षमा हरि भण्डारी, सचिवमा योगेन्द्र रावत, सह-सचिवमा केशब धामी तथा सह-कोषाध्यक्षमा नन्दन सिंह कार्की सर्बसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण माघ ६ गते भव्य कार्यक्रमकाबीच गरिने बर्ष २०२३ का अध्यक्ष हिक्मत बहादुर साउदले बताए ।

नवनिर्वाचित अध्यक्ष कठायतले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता र लागूऔषध नियन्त्रणमा विशेष जोडदिने बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.