Sujang

भौतिक पूर्वाधार विकास मन्त्री देउवाद्वारा केदारेश्वर माबीको भवन उद्घाटन 

पुस १३,डोटी :शिखर नगरपालिका वडा नं. १ कपल्लेकी स्थित केदारेश्वर माबिको नव निर्मित भवन सुदूरपश्चिम प्रदेश सरकारका भौत्तिक पूर्वाधार बिकास मन्त्री प्रकाश देउबाले उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच मन्त्री देउवाले  नव निर्मित भवनको उद्घाटन गरेका हुन्।

भवनको उद्घाटन कार्यक्रममा बोल्दै  मन्त्री देउबाले दिपायल बोगटान ६ सडक र समुहागाढ मान्नाकापडी हुँदै बडीकेदार विपीनगरका लागि बजेट बिनियोजन गरेको र आवश्यक वजेटका लागि बहुबर्षिय ठेक्कामा परिणगत गरिने प्रतिबद्धता गरे ।

शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ३ वटै तहका सरकारको भूमीका रहेको बताउँदै प्रत्येक स्थानीय तहसंगको साझेदारीमा प्रदेशस्तरीय नमुना विद्यालय बनाउन नितीगत र संरचनागत विकास गरिने बताए । बढ्दो माग र आवश्यकता हेरेर सुदूरपश्चिम प्रदेश सरकारले प्राविधीक विश्वविद्यालय स्थापना सम्बन्धी विद्येक मस्यौदासम्बन्धी राय सुझाव तथा जग्गा प्राप्तीका लागि भाषा आयोगका पूर्व अध्यक्ष लवदेव अवस्थीको नेतृत्वमा समिति गठन गरेको बताए ।

६ कोठाको २ तले भवन शिखर नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार तथा संघिय सरकारको राष्ट्रपति शैक्षिक सुधारको संयुक्त लगानीबाट निर्माण गरिएको विद्यालयका लेखापाल सुरेश भट्टले जानकारी दिए ।

नगरपालिका प्रमुख सीताराम जोशी तथा वडाध्यक्ष खडक शाहीको कार्यकालमा समपूरक योजना अन्र्तगत तत्कालिन मुख्य मन्त्री त्रिलोचन भट्ट तथा प्रदेश सांसद टेक रैकाको पहलमा प्रदेश र नगरपालिकाको संयुक्त रकम रु ४७ लाख तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत संघिय सरकारबाट ३६ लाख गरी ८३ लाखको लागतमा सो भवन निर्माण भएको हो ।

वडा अध्यक्ष दिपक बोगटी र  विद्यालयका प्रअ गगन कार्कीले  विभिन्न माग राख्दै मन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

मन्त्री देउवा बाजागाजा सहित भब्य स्वागत गरिएको थियो ।

मन्त्री देउवाले पुस १२ देखि १५ सम्म डोटी, अछाम र बाजुरा जिल्लामा पूर्वाधार विकासका योजनाको अनुगमन गर्ने छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.