Sujang

समीर मृत्यु प्रकरण: एक महिना पछि आफन्तले बुझे शव, तीन जना पुर्पक्षका लागि कारागार चलान

पुस १२,डोटी: गत मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका ३० वर्षीय युवा समीर भट्टको एक महिना पछि अन्तिम दाहसंस्कार हुने भएको छ। बिहीबार आफन्तहरूले घटना भएको एक एक महिना पछि शव बुझेर अन्तिम संस्कार गर्न लागेका हुन् ।

बुधवार जिल्ला अदालत डोटीले तीन जनालाई पुर्पक्षका लागि थुनामा कारागार चलान गर्ने निर्णय पछि आफन्तहरूले शव बुझ्न मानेका हुन् ।  समीरका आफन्तहरूले किटानी जाहेरी  दिएका तीन जना दिपायल सिलगढी नगरपालिका–५ का राम विष्ट, लक्ष्मण विष्ट र देवराज भट्टलाई अदालतले पुर्पक्षकाका लागि पठाएको हो ।

मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समीरको १२ गते बिहान गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो। उनको शव कपडा खोलिएको अवस्थामा फेला परेको थियो।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.