असोज ६,धनगढी-कैलालीको गौरीगंगा नगरपालिका –५ अण्डैयामा विहिवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
स्थानीय शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा १७ बर्षिया छोरी लक्ष्मी नाम्जाली मगर र १२ बर्षका छोरा बिजय नाम्जाली मगर घाईते भएका छन् ।
घाईते लक्ष्मीलाईलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ । विजयलाई सामान्य चोटपटक लागेको छ । ललितामाथी धारिलो हतियार प्रहार गरिएको बताईएको छ ।
घटनापछि शेरबहादुर फरार भएको र उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय मालाखेती र मसुरियाबाट दुई टोली परिचालन गरिएको कैलालीका डिएसपी बेद जोशीले वताए ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।