Sujang

जन्मदिनको अवसरमा नगर प्रमुख बलायरद्वारा तेजु स्मृति अक्षय कोषमा पाँच हजार सहयोग तथा बिरामीहरूलाई फलफूल वितरण 

पुस २ गते,डोटी :नेपाली कांग्रेसक नेता तथा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले जन्मदिनको अवसरमा ‘तेजु स्मृति अक्षय कोष’ मा नगद सहयोग गरेका छन् ।

बलायरले आफ्नो जन्मदिनको अवसरमा तथा स्वर्गीय आमाको पुण्य तिथिको सम्झनामा नगद पाँच हजार रुपैंया सहयोग गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गीय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले स्थापना गरेको कोषमा नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष प्रकाश बमलाई नगर प्रमुख बलायरले नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

बलायरले भने,‘ तेजु खड्काले पत्रकारिता क्षेत्रमा गरेको त्याग तपस्या तथा सत्य तथ्य सूचना दिन महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । उनले सञ्चालन गरेका कार्यक्रम अहिले पनि स्मरणमा छन् । स्व. पत्रकार खड्कालाई अमर राख्ने शाखाको कार्य सह्रानिय छ ।’

स्वर्गीय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा कार्यरत थिए ।

त्यस्तै नगर प्रमुख बलायरले जिल्ला अस्पताल डोटीमा र सुजङ अस्पताल राजपुरमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेका छन् । जन्मदिनको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन ।

जन्मदिनको अवसरमा बिरामीहरूको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेको उनले बताए । पछिल्लो समय जन्मदिन मनाउने उद्देश्यले फजुल खर्च गर्ने परिपाटी भएकोले त्यस्तो नगरेर बिरामीलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेर जन्मदिन मनाएको नगर प्रमुख बलायरले बताए । थोरै भए पनि बिरामीको स्वास्थ्य लाभको कामना गर्न पाउँदा आनन्दित महसुस भएको उनले बताए ।

त्यस्तै सिलगढीमा रहेको पूज्य धर्मान्तक वृद्धा आश्रम रहेकाहरूलाई लुगा वितरण गरेका छन् । दुई जना वृद्धलाई माथि लगाउने थर्माकोट र एक जना महिलालाई स्विटर वितरण गरेको उनले बताए ।

जन्म दिनको अवसरमा गरेको कार्यक्रममा नेपाली कांगे्रसका पार्टी सभापति नरेन्द्र बहादुर सिंह, पार्टी उप सभापति तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सीँ खड्का लगायतका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.