Sujang

बास जिल्ला शाखा डोटी उत्कृष्ट शाखाका रूपमा पुरस्कृत 

मंसिर २५,डोटी: भ्रष्टाचार विरुद्ध क्रियाशील बास नेपालको २३औँ वार्षिकोत्सव अवसरमा बास जिल्ला शाखा ७७ जिल्लाकै उत्कृष्ट शाखा डोटी शाखा बनेको छ ।
हरेक वर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस वर्ष बास डोटी शाखा प्रथम हुन सफल भएको हो । उत्कृष्ट हासिल गर्ने डोटी शाखालाई नगद दस हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । उक्त सम्मान ग्रहण बास डोटी शाखाका अध्यक्ष सरिता कठायतले गरेकि थिइन्  । उत्कृष्ट शाखा अन्तरगत सिराहा शाखा द्धितिय, दैलेख शाखा तृतीय र बाँके शाखाले सान्त्वना स्थान हासिल गरेको छ ।
यसरी उत्कृष्ट हासिल गर्ने द्धितिय शाखाहरूलाई ७ हजार, तृतीय शाखालालाइ ५ हजार र सान्त्वना स्थान हासिल गर्ने शाखालाई ३ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । यस्तै नेपालगन्जमा आइतबार आयोजना गरिएको वार्षिकोत्सव अवसरमा ७ ओटा प्रदेश मध्ये कर्णाली प्रदेश उत्कृष्ट प्रदेशको रूपमा सम्मानित भएको छ । उत्कृष्ट प्रदेशको रूपमा ५ हजार नगद सहित सम्मान ग्रहण बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले गरेका थिए ।
नेपालगन्जमा सम्पन्न २३ औँ वार्षिकोत्सव समारोह कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारकी पूर्व मन्त्री कृष्णा के.सी.को प्रमुख आतिथित्यता रहेको थियो ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.