Sujang

बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु

मंसिर २१, बाजुरा :बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका– ३ मा भिरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्ट रहेकी छिन् । गाउँनजिकै रहेको बडाला, देउपानी मेलामा घाँस काट्न गएको वेला माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जंगवीर रोकायाले जानकारी दिए ।

ढुंगा लागेर घाइते भएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लेजाँदै गर्दा बाटोमै मृत्यु भएको अध्यक्ष रोकायाले बताए ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.