Sujang

डि.एन.एफ.को उपसचिव एंव संचार प्रमुखमा राजेन्द्र रैका

Ban

मंसिर २१,कैलाली :मानवअधिकारबादी एंव सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका दलित गैरसरकारी संस्था महासंघ नेपालको सुदूरपश्चिम प्रदेश अधिबेशनबाट प्रदेश उप-सचिव पदमा निर्वाचित भएका छन् ।
दलित गैरसरकारी संस्था महासंघको तेस्रो अधिबेशनबाट रैका निर्वाचित भएका हुन । उनले दलित गैरसरकारी संस्था महासंघको सूचना एंव संचार बिभाग प्रमुखको जिम्मेवारी समेत प्राप्त गरेका छन् ।

Krishi

अधिकारकर्मी रैका दुई दशक देखि मानवअधिकार,दलितअधिकार, सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक बिकासका क्षेत्रमा कृयाशिल रहदै अाएका छन् ।

कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन्।

अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालको केन्द्रीय अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समिति सदस्य र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव,बहुउद्देश्यीय बिकास समाज,एम्नेस्टी ईन्टरनेशनल नेपालको को सेक्रेटरी पदमा रहि मानवअधिकार,दलित अधिकार, सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.