Sujang

डोटीमा सामाजिक सेवा दिवस मनाइयो

असोज,६-डोटीमा ४३ औं सामाजिक सेवा दिवस बिविध कार्यक्रम गरेर मनाइएको छ ।

बिहीबार गैरसरकारी संस्था महासंघ डोटीको आयोजना तथा डोटीमा कार्यरत सबै संघसंस्थाको सहभागितामा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम गरेर दिवस मनाएको हो ।

जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बिजय खड्का, गैरसरकारी संस्था महासंघ प्रदेश शाखाका उपाध्यक्ष रघुबहादुर कठायत लगायतको उपस्थितिमा फलफुल बितरण कार्यक्रम गरिएको हो ।

सिलगढी स्थित केयरहोममा रहेका बिरामी तथा पुज्य धर्मान्तक बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई समेत फलफुल बितरण गरिएको गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष लालबहादुर बिकले जानकारी दिएका छन् ।

जिल्लामा कार्यरत संघसंस्थाले ग्रामीण भेगका असहाय, शिक्षाको पहुँचबाट टाढा भएका व्यक्तिहरुलाई समेत सहयोग गर्नुपर्ने र ग्रामीणमूखि कार्यक्रमहरु समेत गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक सिंहले बताए । समाज सेवा एउटा बिशुद्ध सेवामुलक काम भएकोले सोही अनुसार सामाजिक सेवामूलक कार्य गर्न सुझाए।

२०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको अवसरमा प्रत्येक वर्ष यस दिवसलाई मनाउन थालिएको हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.