Sujang

समिर मृत्यु प्रकरणः साता बित्दा पनि आफन्तले बुझेनन् शव

Ban

मंसिर १९,डोटी: यही मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्ना ३० वर्षीय युवा समिर भट्टको अन्तिम संस्कार हुन सकेको छैन। आफन्तहरूले घटना भएको एक हप्ता बित्दा पनि शव बुझ्न नमानेपछि अन्तिम संस्कार हुन नसकेको हो।

मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समिरको १२ गते बिहान गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो। उनको शव कपडा खोलिएको अवस्थामा फेला परेको थियो। उनको हत्या भएको र हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तहरुको अडान छ।

Krishi

समिरको शवलाई अहिले जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ। मृतक भट्टको टाउकोको पछाडि भागमा चोट लागेको छ। घटना भिरबाट खसेको जस्तो देखाउन खोजे पनि अन्यत्र हत्या गरेर त्यहाँ फालिएको आफन्तहरूको दाबी छ।

समिरका आफन्तहरूले किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टबिरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए। उनले नयाँ प्रविधिको प्रयोगका साथै विभिन्न ढंगबाट अनुसन्धान केन्द्रित गरेको जनाएका छन्।- दिनेश खबर

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.