मंसिर १५, सिलगढी:नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार मन्त्री बन्ने नितिमा चलिरहेको बताए । नेकपा एमालेले संचालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा २०८० अन्तर्गत शुक्रबार डोटीको सिलगढीमा जनसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
अहिलेको सरकार निति बिहीन तरिकाले संचालन भइरहेको आरोप लगाउँदै, कसको नितिमा चलिरहेको छ भन्दै प्रश्न गरेका छन् । ‘सरकार काम गर्न नभइ मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको हो’, ओलीले भने, यो सरकार धेरै टिक्दैन, अब देश हामीलेनै बनाउने हो ।’
‘यो सरकार देशमा अराजकता, आतङ्कपूणर् क्रियाकलापको नितिमा चलिरहेको छ’, ओलीले भने, ‘गठबन्धनका नेताहरु देशका श्रोतहरु बाँढेर, मिलेर खानमा लागिरहेका छन् ।’
अध्यक्ष ओलीले अब पार्टीलाई समृद्धिकरण गरेर एकताबद्ध ढंगबाट अगाडि बढाउन सबै नेताहरुलाई आग्रह गरेका छन् । तत्कालीन अवस्थामा केही नेताहरुले दुई तिहाई बहुमतको सरकारलाई ढलाएर बहुलट्टीपना काम गरेको बताउँदै आगामी दिनमा एक भएर अगाडि बढ्न सबै नेताहरुलाई आग्रह गरेका छन् ।
ओलीले नेकपा एमाले विकास निर्माण र देशलाई समृद्धि तर्फ लैजान बनेको पार्टी रहेकाले सबैले यो अभियानमा लाग्न बताए ।