Sujang

समीर मृत्यु प्रकरण : तीन जना प्रहरी नियन्त्रणमा, शव चार दिन देखि शव गृहमा

किरण धामी ,मङ्सिर १५, डोटी:दिपायल सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना स्थित सडक नालिमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा तीन जनालाई नियन्त्रण लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार तीन जनालाई नियन्त्रणमा लिई बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको छ । नियन्त्रणमा लिएकाहरूको प्रहरीले परिचय खुलाएको छैन । यता मृतकका आफन्तले शव बुझेका छैनन् । हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने मृतकका काका उमाकान्त भट्टले बताएका छन् । पोस्टमार्टम गरिएको भट्टको शव ४ दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.