मंसिर १२, डोटी : डोटीमा एक जनाको शव फेला परेको छ । मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार मृत भेटिनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय समीर भट्ट रहेका छन् । प्रहरी घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतका आफन्तले हत्या भएको आशङ्का गरेका छन् ।