Sujang

बजार अनुगमनमा बरामद गरिएका सामग्री नस्ट

Ban

असोज, ५ डोटी –जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमनका क्रममा बरामद गरेका सामग्री नष्ट गरेको छ ।

जिल्लाको प्रमुख व्यापारीक केन्द्र पिपल्ला, राजपुर र सिलगढी बजारमा अनुगमनका क्रममा बरामद भएको रु ९९ हजार दुई सय ४५ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको हो।

Krishi

जिल्ला प्रशासन कार्यालय डोटी, खाद्य प्रविधि तथा गुणा नियन्त्रण डिभिजन कार्यालय डोटी, नापताैल तथा गुणस्तर कार्यालय डोटी र घरेलु तथा साना उद्याेग कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिकाको साझेदारीमा गरेको अनुगमनका क्रममा बरामद गरिएको सामग्री बुधबार नष्ट गरिएको नासु जीवन शाहीले बताए ।

चाडपर्वको बेला बजारमा कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै एकाधिकार र मूल्य वृद्धिलाई नियन्त्रण गर्न विभिन्न बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ,´बरामद गरिएका सामाग्रीमा सबै भन्दा बढी मसलादार सामान रहेका छन् । अनुगमनका क्रममा केही व्यापारीले पसल दर्ता नै नगरी सञ्चालन गरेको पाएको छ। हामीले दर्ता गर्न सुझाव दिइएका छौं । केही पसलमा लेबल नै नराखी सामग्री बेचेको पाइएकाले पहिलो पटक सम्झाइ बुझाई गरेका छौं ।´
अनुगमनलाई निरन्तरता दिदै जाने उनले बताइन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.