Sujang

डोटीमा श्रमदान गरेर विपन्न महिलाको घर निर्माण

Ban

मंसिर ३, धनगढी: डोटीमा श्रमदान गरेर विपन्न महिलाको घर निर्माण गरिएको छ। डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर-५ स्थित सरस्वतीटोलकि विपन्न महिला खिमा टमट्टाको घर निर्माण गरिएको हो।

Krishi

२०७९ को असोजमा परेको अविरल वर्षाका कारण टमट्टाको घर भत्किएको थियो। टमट्टाको घर निर्माण गर्न सरस्वती टोलका युवाहरुले कात्तिक २५ गतेदेखि २९ गतेसम्म ५ दिन श्रमदान गरिएको स्थानीय युवा यज्ञ पार्कीले बताए।

घर निर्माण गर्न श्रमदान गरेका युवाहरू जस्तापाता खरिद गर्न भने देउसी खेलेका हुन्। देउसीबाट संकलन गरिएको १० हजार ७३१ र वडा अध्यक्ष दुर्गासिंह रावलले गरेको नगद ९ हजार रुपैयाँबाट जस्तापाता तथा अन्य सामग्री खरिद गरेर घर निर्माण गरिएको हो।

 

Salmuni
Leave A Reply

Your email address will not be published.