कार्तिक २७,डोटी :डोटीमा रोकेर राखेको ट्याक्टर मुनी चेपिएर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका-५ लामिखालमा रोकेर राखेको ट्याक्टर बालबालिकाहरू खेल्ने क्रममा ट्याक्टरमा चढी गियर चलाउँदा हुत्तिएर अघाडी बढ्दा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले बताए ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका ५ लामिखालका वर्ष १४ का प्रशान्त सिंहको मृत्यु भएको छ। मृतक बालकको सब पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक शिखर नगरपालिका ११ का वर्ष २४ का प्रेम ठकुल्ला शौचालय गएको बेला घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।