Sujang

डोटीमा जिप दुर्घटना हुँदा  ४ जनाको मृत्यु, ५ जना घाइते

डोटी, कार्तिक १९:डोटीमा जिप दुर्घटना भई सेती नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप केआईसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका- ६ स्थित अण्यौलमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०/६० मिटर तल नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।
जिप राति करिब साढे २ बजेतिर नदिमा खसेको हो । मृत्यु हुनेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका- ५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेका छन् ।
वर्ष ६ का कवीन्द्र बुढा जिपबाट निकाल्न सकिएको छैन र जिप पानीमा डुबेको तलकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले जानकारी दिएका छन् ।
घाइतेहरूमा सोही ठाउँका वर्ष ३० का प्रकाश बुढा, वर्ष २३ का खोम बहादुर मलाल, वर्ष २४ का दान बहादुर बुढा, वर्ष २१ का विमला मलाल र वर्ष २१ का राज बहादुर मलाल रहेका छन् प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूको उपचार दिपायल स्थित शैलेश्वरी अस्पतालमा भइरहेको बताइएको छ । उद्धारका लागि प्रहरीहरू खटिरहेका छन् । जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.