Sujang

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक १६, डोटी : डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.