कात्तिक ०४, डोटी : प्रथम डोटी गोल्ड कप २०८० को उपाधी बाजुराले लिएको छ । शुक्रवार डोटीको सदरमुकाम सिलगढी स्थित टुँडिखेलमा सम्पन्न खुल्ला फुटबल प्रतियोगितामा आयोजक सिलास्थान युवा क्लब डोटीलाई हराउँदै बाजुरा उपाधी लिएको हो ।
प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा दुवै टिमले एक/एक गोलको बराबरी खेलेपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो । पेनाल्टी (टाईब्रेकर) मा बाजुराले ५-४ गोल अन्तरले जित निकालेको हो । विजेता बाजुराले नगद एक लाख १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता सिलास्थान युवा क्लब डोटीले ५७ हजार पाँच सय प्राप्त गरेको छ ।
शिलास्थान युवा क्लब (एसवाइसी) डोटीले आयोजना गरेको खुल्ला फुटबल प्रतियोगिता असोज २९ गते सुरु भई शुक्रवार सम्पन्न भएको छ ।