Sujang

डोटीमा प्रदेश स्तरिय‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’हुने

प्रकाश बम,असोज ५ गते -डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ ।

भैरब प्रशाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ हुने शैलेश्वरी मन्दिरको प्राङ्गणमा बुधवार गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

असोज ८ गते देखी जिल्ला सदरमुकाम सिलगढीको टुडिखेलमा सुदूरपश्चिम प्रदेश स्तरिय फुटवल प्रतियोगिता हुने भैरब प्रशाद गणका गणपती जनमत बहादुर कार्की वताए ।

उनका अनुसार ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टिमलाई एक लाख,द्धितिय हुनेलाई पचास हजार सहित ट्रफि प्रमाण पत्र प्रदान गरीने वताए ।
उनले भने,‘ प्रदेश स्तरिय फुटवल खेलले जिल्लाको कला ,संस्कृतिको पहिचान तथा फुटवल खेलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने छ । यहाँको हामस्टेको र्पद्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने छ ।’

डोटीमा हुने सुदुर पश्चिम स्तरीय फुटवल प्रतियोगितामा आठ वटा टिम सहभागि हुने छन् ।

कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा,बैतडी, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी गणपती कार्किले वताए ।

जिल्ला बाहिरबाट आउने खेलाडीहरुलाई बास तथा यातायातको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

जिल्लामा प्रदेश स्तरीय फुटबल प्रतियोगिताले चहलपहल बढाउने र यहाँका खेलाडी ,व्यापार व्यवसाय तथा अभिभावकहरूलाई फुटबल खेल प्रति आकर्षित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेकोे दिपायल सिलगढी नगरपालिका–६का वडा अध्यक्ष नरेश मलासीले बताए ।

खेलकुदका क्षेत्रमा प्रदेश सरकार तथा संघिय सरकारको उदासिनता रहेको उनले वताए ।

प्रतियोगिताका लागी दिपायल सिलगढी नगरपालिका–६ को कार्यालयले एक लाख र जिल्ला अस्पताल डोटीले ५० हजार र अन्य ब्यवस्थापन भैरब प्रशाद गणले गर्ने जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँचसय रुपैयाँ,ट्रफि र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई नगद ५ हजार रुपैयाँ , ट्रफि पुरस्कारको व्यवस्था गरीएको गणपती कार्किले जानकारी दिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.