Sujang

पालिका स्तरिय मैत्रीपूर्ण पुरूष फुटबल प्रतियोगिता शुरु

असोज ५ गते ,डोटी –प्रथम पालिका स्तरिय जनप्रतिनिधि तथा कर्मचारी सद्भावना पुरूष फुटबल प्रतियोगिता २०७९ आजबाट डाेटीकाे सिलगढी स्थित टुडिखेलमा शुरू भएकाे छ ।

दिपायल सिलगढी नगरपालिकाकाे आयाेजनामा भइरहेकाे प्रतियोगितामा नाै वटा टिम रहेका छन् । जसमा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जाेरायल गाउँपालिका, केआईसिंह गाउँपालिका र आदर्श गाउँपालिकाकाे टिम रहेकाे छ ।

त्यसैगरी डाेटी बहुमुखी क्याम्पस, उद्योग बाणिज्य संघ, बैंकर्स तथा स्वास्थ्यकर्मीहरूकाे टिम रहेकाे छ ।
प्रतियोगिता असाेज ७ गतेसम्म संचालन हुने आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार तथा ट्रफि , दाेस्राे हुने टिमलाई २५ हजार तथा ट्रफि पुरस्कार रहेकाे बताइएकाे छ ।

प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयाेजक लक्ष्मणबहादुर सिंहले गर्नुभएकाे थियाे ।

पहिलो खेल दिपायल सिलगढी नगरपालिका र डोटी बहुमुखी क्याम्पस बीच भइरहेकोे छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.