Sujang

डोटी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा साउँद चयन

असोज २५, डोटी :डोटी उद्योग वाणिज्य सङ्घ डोटीको अध्यक्षमा विक्रम साउँद ‘घटाल’ चयन भएका छन् । त्रिवेणी मिडिया नेटवर्क डोटीका निवर्तमान अध्यक्ष साउँदको अध्यक्षतामा बिहीबार वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन गरीएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य तर्फको उपाध्यक्षमा नर बहादुर खड्का, उद्योग तर्फको उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बम बहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका हुन् ।

त्यस्तै सदस्यहरूमा नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएका हुन्।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.