Sujang

क- कस्ले जिते नेपाली कांग्रेस डाेटीकाे महासमिति सदस्यकाे चुनाव

असोज २५ गते :डाेटी- नेपाली कांग्रेस डोटीको महासमिति सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

११ पदका लागि २४ जना चुनावी मैदानमा उत्रेका थिए । जसमा सबैभन्दा बढी मतका साथ जीत बहादुर खड्का विजयी भएका छन् । उनले ५ सय ५ मत ल्याए ।

त्यस्तै ४ सय ६३ मतका साथ सीताराम जोशी, लोकेन्द्र बहादुर शाही ४ सय पुष्प कुमार शाहीले ३ सय १३, पदमराज जाेशीले ३ सय ११ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै महिला तर्फ धौली देवी रावल र प्रसिस महरा विजयी भएकी छन् । रावलले ५ सय ३ सय मत ल्याएकी छन् भने महराले ३ सय ८८ ल्याएर विजयी भएकी हुन् । पार्वती चन्दले भने ३ सय ३३ मत मात्र ल्याएकी थिइन् ।
खस आर्य तर्फ मिनादेवीविष्ट विजयी भएकी छन् । विष्टले ५ सय ४१ मत ल्याएकी थिइन् । उनीसंग प्रतिस्पर्धामा उत्रेकी हरिमाया भट्टले १ सय ५६ मत ल्याएकी थिइन् ।
खस आर्य पुरुष तर्फ ४ जना विच भएको साेपान सिं बाेहराले ४ सय १७ र लक्ष्मण बहादुर सिंहले ३ सय ८८ मत ल्याएर बिजय भएका छन् ।

दलित तर्फ भने लाल बहादुर विक ५ सय ६२ मत ल्याएर विजयी भएका छन् । विक संग कल्पना साेप भिडेकी थिईन । उनले १ सय ७२ मत ल्याएकी थिईन ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.