Sujang

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्यायो

असोज १९, डोटी:डोटीको बोगटान फुड्सिल गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले पूजा गरेसँगै एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नेपाल सरकारबाट राजश्व छुट प्राप्त एम्बुलेन्स चवाराचौतारा स्वास्थ्य चौकीलाई केन्द्र बनाएर सञ्चालन हुने छ ।
एम्बुलेन्स नहुँदा बिरामी भएका बेला पालिकामा नागरिकले भोग्दै आएको सास्तीलाई मध्यनजर गरेर एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष गड्सिलाले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.