रश्मि कुँवर ,असोज ४ गते –डोटीको आदर्श गाउँपालिकामा एक लाख बढीको बरामद गरिएको मदिरा सार्वजनिक गरिएको छ । मंगलबार विभिन्न मितिमा बरामद गरिएको एक लाख बिस हजार बराबरको मदिरा सार्वजनिक गरिएको हो ।
विभिन्न समयमा पालिका भित्र मदिरा विक्रिविरण गर्ने वाट विभिन्न ब्रान्डका मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय मौवा नगर दहका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । एक लाख बिस हजार चार सय तेत्तिस रुपैयाँ बराबरको मदिरा बरामद गरिएको उनले बताए ।
कार्यपालिकाको असार २० गतेको निर्णयले श्रावण १ गतेदेखि पालिकामा पुर्ण रूपमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न नपाउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायले बताइन् ।
उनले भनिन् ,‘श्रावण १ गते वाट पालिकाले गरेको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयनमा जोड दिएका छौँ । पालिका भित्र मदिरा विक्रिवितरण तथा ओसारपसार पूर्ण रूपमा बन्द गरिएको छ । पालिकाभित्र बाहिर वाट खाएर आउनेलाई समेत कारबाहीको दायरामा ल्याउने छौँ ।’
उनले थपिन् ,‘अहिले पालिका अन्तर्गतका प्रत्येक वडामा टोल कमिटी गठन गरेर मदिरा विक्रिवितरणमा रोक गर्न सहयोग पुगेको छ । मदिरा पुर्णरुपमा बन्द भए पछि अहिले गाउँ घरमा हुने झैँ झगडा ,चोरी डकैती ,महिला हिंसा लगायतका घटनामा निक्कै कमी आएको छ ।’
पुर्णरुपमा गरिएको मदिरा विक्रिवितरमा सातै वडाका महिला तथा सबैको साथ सहयोग रहेको उनले बताइन् ।
बरामद गरी सार्वजनिक गरिएको मदिरा लिलाममा बिक्री गरेर गाउँपालिको आन्तरिक राजश्वमा उक्त रकम जम्मा गरिने उनले बताइन् ।
कार्यपालिकाले श्रावण १ गतेदेखि गाउँपालिका भित्र पूर्ण रूपमा मदिरा विक्रिवितरण बन्द गर्ने गरेको निर्णयलाई सबै सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले सवैमा अनुरोध गरे ।
उनले भने ,‘ विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुको कारण पनि मदिरालाई नै मानेको छ। अतः मदिराका कारण मानिसको स्वास्थ्य बिग्रने, घटना, दुर्घटना हुने, परिवारको आर्थिक व्यवहार बिग्रने, केटाकेटीको पढाइ बिथोलिने, महिला हिंसा हुने, विकृति बढेर जाने भएकाले हामीले पालिका भित्र पूर्ण रूपमा मदिरा विक्रिविरणमा रोक लगाउने निर्णय गरेका हौँ ।’