Sujang

डोटीमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै

डोटी:डोटीमा प्रथम डोटी गोल्ड कप प्रतियोगिताको आयोजना गरिने भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ शिला स्थान युवा क्लबको आयोजनामा यही असोज २८ गते बाट खेल सञ्चालन हुने सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा आयोजकले जानकारी दिएको छ ।

जिल्लाकै हाल सम्मकै सर्वाधिक पुरस्कार राशि राखिएको प्रतियोगीको प्रथमलाई रु. २ लाख २२ हजार २ सय २२, द्वितीयलाई १ लाख ११ हजार १ सय ११ र तृतीयलाई ५५ हजार ५ सय ५५ प्रदान गरिनुका साथै अन्य ६ विधामा पनि पुरस्कार प्रदान गरिने शिला स्थान युवा क्लबका अध्यक्ष हिक्मत मलासीले बताए।
खेलका माध्यमद्वारा सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरूको पहिचान गराउने र युवाहरूलाई लक्षित गरी कुलत सम्बन्धी जनचेतनामूलक सन्देश दिने उद्देश्यले खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.