Sujang

डोटीको शिखर नगपालिकामा एनटी फाइबर इन्टरनेट सेवा सुचारु

डोटी – डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु गरिएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो ।

नगर कार्यपालिकाको कार्यालयमा इन्टरनेट जडान गर्दै सेवा बिस्तार गरेको हो ।

सेवा विस्तार भएसँगै सरकारी कामकाज र समुदायमा ठुलो राहत मिल्ने नगर प्रमुख दीर्घ बलायरले बताए । लगातार एक वर्षको दौडधुप पछि पालिकामा नेपाल टेलिकमको एनटि फाइबर इन्टरनेट सेवा सुचारु गर्न सफल भएको नगर प्रमुख बलायर बताए । हाललाई नगरपालिकाको सिमाना कोरालखोला देखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटि फाइबर विस्तार गरिएको बताउदै  नगरका सबै वडा र नगरपालिका माताहतका कार्यालयहरुमा विस्तार गर्ने लक्ष्य  लिएको बलायरले बताए ।
यस अघि जडान गरिएका इन्टरनेटले राम्रोसँग काम नगरर्दा सेवा प्रवाहमा असर पर्ने गरेको र अवका दिनमा त्यो समस्या समाधान हुने सूचना तथा संचार प्रविधि अधिकृत नवराज भट्टले बताए । अन्य नेटको तुलनामा एनटि फाइबर निकै सस्तो र नेट सेवा पनि स्पिड रहेको उनले बताए ।
नगरपालिकाको अनुरोध र सहयोगले सो क्षेत्रमा नेट सेवा विस्तार गर्न सफल भइएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले बताए।
शिखर नगरपालिकामा विस्तार गरिएको एनटि फाइवरबाट हाललाई ४०० वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए । ग्राहकहरुको बढ्दो माग छ ।ग्राहकको माग बढ्दै गयो भने नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए । हाल जडान गरिदै आएको इन्टरनेटमा १० एमबिपिएस देखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ । वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए । एनटि फाइबरबाट इन्टरनेट, टेलिफोन एवं टिभि समेत चलाउन मिल्ने चौधरीले बताए ।
हाल शिखर नगरपालिका वडा नम्बर १०, ११, ८ र वडा नं. ६ सम्म प्रयोग गर्न सकिने गरी एनटि फाइबर विस्तार गरिएको छ । नगरका अन्य क्षेत्रमा पनि आवस्यकता अनुसार सेवा विस्तार गरिने नगर उपप्रमुख सुनिता रावल जोराले बताइन् ।
नेपाल टिलिकम र नगरपालिकाको संयुक्त लगानीमा सेवा विस्तार भएको हो । नेपाल टेलिकमले आफ्नो शाखा कार्यालय रहेको क्षेत्र दिपायल सिलगढी नगरपालिका अन्तरगत राजपुर, दिपायल र सिलगढीमा यो सेवा सञ्चालनमा ल्याएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.