Sujang

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनमा तीव्रता

Ban

किरण धामी, डोटी-दशैं तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय डोटीको संयोजनमा सिलगढी बजारमा संयुक्त अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय डोटी र घरेलु तथा साना उद्योग कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिकाको साझेदारीमा जिल्ला प्रशासनले बजार अनुगमन गरेको छ ।

चाडपर्वको बेला बजारमा कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दै एकाधिकार र मूल्य वृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत रमा कुवँरले बताइन् । बजार अनुगमनको सिलसिलामा केही व्यापारीले सहयोग गरेको भए पनि केही व्यापारीले असहज वातावरण सिर्जना गरेको उनले बताइन् ।

सिलगढी बजारमा अनुगमन गर्दा २५ हजार बराबरको अखाद्य वस्तु बरामद भएको खाद्य प्रविधि तथा गुणा नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राविधिक सहायक सागर सापकोटाले बताए । बरामद गरिएका सामाग्रीमा सबै भन्दा बढी मसलादार सामान रहेको उनले जानकारी दिए ।

केही व्यापारीले पसल दर्ता नै नगरी सञ्चालन गरेको पाएकोले दर्ता गर्न सुझाव दिइएको र केही पसलमा लेबल नै नराखी सामग्री बेचेको पाइएकाले सम्झाइ बुझाइ गरिएको अनुगमन टोलीका एक सदस्य जीवन शाहीले बताए ।

केही दिन अगाडी दिपायल बजार, केआइसिंह गाउँपालिकाको वायलमा बजारमा अनुगमन गरिएको थियो । अनुगमनलाई  निरन्तरता दिदै जाने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.